अब्बल अभिनयको कारण चर्चामा रहने अभिनेता नवाजुद्दिन सिद्दिकीसँग नयाँ चलचित्रमा नायिका मौनी राय अनुबन्धित भएकी छिन् । चलचित्र ‘गोल्ड’बाट अक्षय कुमारको अपोजिट रहेर डेव्यु गरेकी मौनी नवाजुद्दिनसँग नयाँ चलचित्र ‘बोले चुँडिया’मा अनुबन्धित भएकी हुन् । यसअघि चलचित्रमा सोनाक्षी सिन्हा र श्रद्धा कपुर रहने चर्चा रहेको थियो । तर निर्माण पक्षले मौनीलाई फाइनल गरेका हुन् । चलचित्रलाई नवाजुद्दिनका भाइ सम्स नवाब सिद्धिकीले निर्देशन गर्दैछन् । टिभी सिरियल ‘नागिन’मा काम गरेर चर्चामा रहेकी मौनी पछिल्लो समय बलिउड सिनेमामा व्यस्त छिन् । उनी अभिनीत केही चलचित्र रिलिजको तयारीमा रहेका छन् । मौनी आफू नवाजुद्दिकीसँग काम गर्न पाउनु भाग्यको कुरा रहेको र उनीबाट धेरै कुरा सिक्ने मौका पाउनेमा उत्साहित रहेको बताएकी छिन् ।