चलचित्र ‘शुभ लभ’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्जनमा रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । मंगलबार सार्वजनिक भएको ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा बिशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । भिडियोमा चलचित्रका मुख्य नायक हरिहर अधिकारीको प्रेमपिडालाई देखाइएको छ । यहि चैत्र १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’ लाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।

चलचित्रमा हरिहर अधिकारीको साथमा नायिका क्रिष्टिन पौडेलको केमिष्ट्र देख्न सकिन्छ । हरिहर युवा ज्योतिषी हुन् भने चलचित्रमा उनी एक युवा ज्योतिषीको भूमिकामा देखिएका छन् । प्रदीपकुमार उदयको प्रस्तुती रहेको चलचित्रलाई धर्मराज शर्मा सुवेद ीले निर्माण गरेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अभिमन्यु निरबीको पटकथा र संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन रहेको छ भने चलचित्रमा बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।