यही शुक्रवार यानिकी चैत्र १ गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’को प्रमोसनको लागी बलिउडका चर्चित कलाकार गुलशन ग्रोवर बुधवार नेपाल आइपुगेका छन् । उनी बुधवार नेपाल आएसँगै नेपाली दर्शकसँग साक्षात्कार गर्न पाटन दरबार पुगेका थिए ।

ललितपुर स्थित पाटन दरबार स्क्वायरमा चलचित्र युनिटले राखेको कार्यक्रममा गुलशन सहभागी भएका थिए भने उनसँगै चलचित्रकी नायिका आना शर्मा, शिशिर बाङ्देल लगायतका कलाकार उपस्थित थिए । कार्यक्रममा गुलशनले नेपालीमा बोल्दै दर्शकलाई धन्यवाद दिएका थिए । उनले आफ्नो चलचित्रको केही संवादहरू बोलेका थिए भने चलचित्र द म्यान फ्रम काठमाडौँ लेखेको टिर्सट वितरण गरेका थिए । त्यस्तै चलचित्रकी नायिका आना शर्माले चलचित्रको संवादहरू बोलेकी थिइन् ।

नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा

पेमा धोन्डुपको निर्देशन रहेको चलचित्रलाई नकिम उद्दिनले निर्माण गरेका हुन् । चलचित्रमा नेपाल लगायत बिभिन्न देशका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकार कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ । यो चलचित्र नेपाली र अग्रेजी गरि दुई भाषामा रिलिज हुने छ । 
 

नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा नेपाली फिल्म प्रमोसनको लागी बलिउडका गुलशन नेपालमा