करिब चार महिनाअघि बलिउड अभिनेत्री प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनसले भारतमा धूमधामसँग विवाह गरे । यी दुईको विवाह बिश्वव्यापीरुपमा चर्चा भयो । सामाजिक सञ्जालमा पनि निक र प्रियङ्का वैवाहिक जीवनमा बाँधिएपछि एकअर्काको फोटो र तारिफ गर्न पछि पर्दैनन् । केही दिन अघि मात्रै प्रियङ्का र निक मियामी समुन्द्रमा घुम्न गएको पोस्ट सेयर गरेका थिए । तर पछिल्लो केही यता यी दुईको डिभोर्स हुने चर्चा भने चल्न थालेको छ । अमेरिकाको ओके म्यागेजिनले प्रियङ्का र निक एकअर्कामा खुसी नरहेको र यो दाम्पति डिभोर्सको लागी अगाडी बढेको बताएको छ । करिब १ वर्षको प्रेमसम्बन्धपछि विवाहमा बाँधिएका यो जोडी देखेर निकको परिवार खुसी नभएको उक्त म्यागेजिनमा उल्लेख गरिएको छ । म्यागेजिनमा प्रियङ्काले विवाह लगत्तै बन्देज लगाउन सुरु गरेपछि निकको परिवारले डिभोर्सको लागी सल्लाह दिएको लेखिएको छ ।