समयसमयमा विभिन्न कुराहरुलाई् लिएर चर्चामा आइरहने नायिका रेखा थापा राजनितिक फण्डाबाट पनि अछुतो छैन । राप्रपाको केन्द्रिय सदस्यमा राम्रो मतले  बिजयी भएकी थापा यतिबेला विप्लव माओवादीमा प्रवेश गरेको हल्ला चलिरहेको छ ।विप्लवका एक नाम चलेका नेताले समेत प्रवेश–नप्रवेश अहिले कुरा नगरौं तर उहांको समर्थन छ भनेपछी उनि विप्लप निकट रहेको कुरा स्पष्ट हुन्छ ।

 

विप्लव माओवादीलाई रेखा थापाको समर्थन

रेखा आफै पनि विप्लव पार्टिलाई सहयोग हुने किसिमका विभिन्न स्ट्याटस सामाजिक सन्जालमा शेयर गर्ने गरेकी छिन् । विप्लव माओवादीले सुरुवात गरेको एनसेलको सिम फिर्ताको समर्थनमा उनि पनि लागिपरेकी छिन् । केहि समयअघि नेपाल कम्युनिष्ट पार्टी विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध जायज नभएको बताएकी थिइन् । फेसबुकमा एक स्टाटस लेखेर सरकारले नेकपा विप्लवलाई जवर्जस्ती युद्धमा धकेलेको आरोप लगाएकी उनले ‘हामी आफ्नो आदर्शका लागि जस्तो सुकै कठिन यात्रा पनि गर्न तयार छौं, तर दलालहरू र दलाल पुजीवादी सत्ताका सामु एकरत्ती झुक्न तयार छैनौँ ।' भन्ने स्टाटसको ट्याग एसेप्ट गरेकी थिइन । विप्लवकै शैलीमा रेखाले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ जस्ता स्ट्याटस निरन्तर लेख्ने गरेकी छिन् । कहिले माओवादी, कहिले राप्रपा प्रवेष गरेकी रेखाको तर्फबाट भने आधिकारिक कुरा आइसकेको छैन तर उनको गतिविधि  हेर्दा भने यो कुरा स्पष्ट हुन शंका गरिराख्नु पर्ने देखिँदैन ।