चलचित्र ''ए मेरो हजुर ३'' को 'चिट डे' शिर्षकको गीत रिलिज भएको छ । प्रबिसा अधिकारीको स्वर रहेको गीतलाई प्रतिक पौडेलाले संगीत दिएका छन भने राहुल साहको कोरियोग्राफी रहेको छ । गीतमा सुहानालाई चुलबुले प्रेमीकाको रुपमा देखाइएको छ । गीत शुक्रबात युट्युबाबाट रिलिज गरिएको हो ।  
 

'ए मेरो हजुर ३’बाट सिने नगरीमा डेव्यु गर्ने तयारीमा रहेको नायिका सुहाना थापा र अनमोल केसीको अभिनया रहेको छ ।चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’को दुई गीत र ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर रिलिज पश्चात् अनमोल र सुहानाको जोडीलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।