सन् २०१२ को चर्चित फिल्म 'स्टुडेन्ट अफ दि इयर'को सिक्वेल 'स्टुडेन्ट अफ दि इयर २' को ट्रेलर सार्वजनिक भएको छ । टाइगर स्रफा तथा डेब्यु नायिकाहरु तारा सुतारिया र अनन्या पाण्डेको मुख्य अभिनय रहेको छ । पुनित मलहोत्राले निर्देशन गरेको फिल्मलाई हिरो एस जोहर, करण जोहर र अपुर्व मेहेत्ताले संयुक्त रुपमा निर्माण गरेका हुन् । कलेज जिवनमा हुने रमाइलो, प्रेम सम्बन्ध , सानोसानो कुरामा प्रतिस्पर्धाले निम्त्याउने घटनालाई ट्रेलरमा देख्न सकिन्छ । 
२०१८ अप्रिल मै निर्माणको घोषणा गरिएको फिल्मको केहि दिन यता मात्र पोस्टर लगायत का सामाग्रीहरु सार्वजनिक गरिएको हो । मार्च १० मा रिलिज हुने फिल्मको ट्रेलर चार घण्टामा बिस लाख बढिले हेरिसकेका छन् ।