एकसाथ दुई चलचित्रमा काम गरिसकेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा नयाँ चलचित्र ‘पोई पर्यो काले’मा फेरी पनि एकसाथ काम गर्ने भएका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा एकसाथ सम्झौता गरेका हुन् । रुपभन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई  चलचित्रले  उठाएको  निर्देशक शिशिर राणाले बताए । 
चलचित्र क्षेत्रमा पारिश्रामिकको कुरालाई लिएर बेलाबेला हलचल मच्चिने  गरेको छ यसै गरी यस चलचित्र 'पोइ पर्‍यो काले'मा नायिका पुजा शर्माले २० लाख पारिश्रमिक लिएकी छिन् । उनले पारिश्रमिकको बिषयमा बोल्दै भनिन्–‘पारिश्रमिक ठूलो कुरा होइन पनि हो पनि ।  ‘सम्हालिन्छ कहिले मन’का लागि १५ लाख पारिश्रमिक लिएकी पुजाले २० लाख पारिश्रमिक लिएसँगै नेपालकी महङ्गी नायिकामा गनिएकी छिन । 
जेठबाट छायांकन सुरु गरिने चलचित्र कात्तिक ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिनेछ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् भने चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् ।