पछिल्लो समय धेरैजसो नेपाली चलचित्रले उच्च वर्गको जिवन शैली र हाउभाउलाई प्राथमिकता दिइरहेका छन् । यदाकदा बनिने चलचित्रले निम्न आयस्रोत भएकाको कथा बोके पनि ति चलचित्र कि त हलमा टिक्दैनन् कि हलमा प्रदर्शन नै नगरी बिभिन्न चलचित्र महोत्सबमा पुग्छन् अवार्ड हात पारे चर्चामा आउँछन् नत्र त्यसै हराउँछन् । 
यसै क्रममा ‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा सहित चलचित्र ''पसिना'' बन्ने भएको छ । मजदुरहरुको सिनेमा  भनेर नाम दिइएको चलचित्रको आइतबार नयाँ वर्षको अवसर पारेर फर्स्ट लुक सार्वजनिक गरिएको हो । फस्टलुकमा नायक गौरव पहारी, नायिका अनु शाह र कलाकार सरोज खनाललाई देख्न सकिन्छ । 
आर.बी. खत्री शरदको निर्देशनमा तयार भएको यो चलचित्र वैशाखको २७ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा, थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन, शिव बीक र राजीब समरको नृत्य, देव महर्जनको एक्सन रहेको छ ।