२०१९को बहुप्रतिक्षित चलचित्र 'भारत'को फर्स्ट लुक सार्वजनिक भएको छ । सलमान खानलाई आजसम्म नदेखिएको अवतारमा सार्वजनिक गरिएको फर्स्ट लुकले सलमानका फ्यानहरुको चलचित्रको प्रतिक्षा अझ हुटहुटिमा बदलिदिएको छ । आउँदो इद मा रिलिज हुने चलचित्र भारतको ट्रेलर केहि दिनमा सार्वजनिक गर्ने तयारी भैरहेको छ । पोस्टरमा सलमानलाई फुलेका कपाल दार्ही र गम्भिर मुद्रामा देखाइएको छ । 'जर्नी अफ अ म्यान एन्ड अ नेसन टुगेदर' चलचित्रको यस स्लोगनले देशको भागय सँगै जोडिएकाको कथा बोकेको अनुमान लगाउन सकिन्छ । सलामानले आफ्नो ट्युइटर अकाउन्टबाट आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका हुन् ।  

 'भारत'को पाेस्टरमा सलमानकाे बृद्ध लुक्स

'भारत'मा सलमानको साथमा कट्रीन कैफ, ज्याक्की स्रोफ लगायत कलाकारको अभिनय रहेको छ । केहि समयअघी चलचित्रको ट्रीजर सार्वजनिक भैसकेको छ । चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।