पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की र एक समयका लोकप्रिय नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई वसन्त सापकोटाले संगीत दिएका छन् भने दुर्गा खनाल घिमिरेको शब्द रहेको छ । गंभिर बिष्टले कोरियोग्राफी गरेका म्युजिक भिडियोले दुइ दिनको जिवनमा मायाले जिवन सुन्दर बनाउँछ भन्ने आशय बोकेको छ । 
डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ को अवसर पारेर सार्वजनीक गरेको हो ।