छक्का पन्जा सिरिजबाट दर्शकको मन जितेका दिपक राज गिरी र दिपाश्री निरौला नेपाली चलचित्र क्षेत्रको सो बिज भैरहेका छन् । यतिबेला यिनै जोडिले बाहिरी दुइ टिमसँग प्याच अप गरेर दुइटा चलचित्रमा काम गर्ने भएका छन् । रोहित अधिकारीको लगानी रहने फिल्म 'छ माया छपक्कै' मा उनिहरु काम गर्ने पक्का भइसकेको छ भने  निर्देशक सिमोस सुनवारसँग पनि टिमअप भएको छ । निर्माता, निर्देशक सिमोस सुनुवारसँग सहकार्यको सहमती भएको हो ।

'छ माया छपक्कै' मा उनीहरुको सहकार्य कन्फर्म भइसकेको छ रोहितको सोलो लगानी  हुने र चलचित्रको मुनाफाको ५० प्रतिशत भने दीपकराजको टिमले लैजाने सर्त छ ।चलचित्रलाई 'घामपानी' र 'गोपी' जस्ता चलचित्र निर्देशन गरेर राम्रो छाप छोड्न सफत दीपेन्द्र लामाले निर्देशनको जिम्मा लिएका छन् । यतिबेला कथा, पटकथा र संवाद दीपकराज आफैंले लेखिरहेका छन् । उनीसँगै केदार घिमिरे र जितु नेपालले पनि अभिनय गर्ने फाइनल भइसकेको छ ।। रोहित अधिकारी फिल्मस् र आमा सरस्वती फिल्मस्को संयूक्त ब्यानरमा बन्ने चलचित्र दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको छ ।

यसैगरी सिमोस सुनवारकै निर्माण निर्देशनमा बन्ने चलचित्रको नाम भने फाइनल भएको छैन तर चलचित्रको कथा प्रदीप भारद्वाजले लेखिरहेका छन् ।चलचित्रले कमाएको मुनाफाको ६० प्रतिशत दीपक-दीपाको टिमले लैजाने सहमती भएको र तिहारपछि चलचित्रको छायांकन सुरु हुने निर्देशक सुनवारले बताएका छन् । दीपकराज गिरीको प्रमुख भूमिका रहने पक्का भए पनि बाँकी कलाकारहरुको को लिने भन्ने अझै टुङ्गो लागेको छैन ।