अर्जुन कपुर अभिनित चलचित्र ''इन्डियाज् मस्ट वान्टेड'' को ट्रीजर सार्वजनिक भएको छ । सत्य घटनामा आधारित भनिएको चलचित्रको अधिकांश सुटिङ नेपालमा भएको हो । मङ्गलबार सार्वजनिक भएको ट्रीजरमा अर्जुन एक केहि कुराको खोजिमा भौँतारिरहेको देखाएको छ । क्राइम थ्रीलर बेस्ड चलचित्र 'इन्डियाज् मस्ट वान्टेड'लाई राज कुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन कपुरले एक पुलिस अफिसरको रोल लिएका छन् जसले इन्डियाको मस्ट वान्टेड क्रीमिनलालाई समात्ने जिम्मा लिएका छन् जसको न अनुहार देखिएको छ न नाम थाहा छ । चलचित्रमा अर्जुनलाई अमृता पुरीले साथ दिएकी छिन् । चलचित्र २४ मे २०१९ मा रिलिज हुने भएको छ ।