नेपालमा प्रदर्शनमा रोक लगाइएको चलचित्र 'कंलक' बुधवार देखी भारतमा प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएसँगै करण जोहरको ड्रीम प्रोजेक्ट मानिएको यस चलचित्रको फिडब्याक आउने क्रम जारी छ । मङ्गलबार विषेश सोमा चलचित्र हेरेका बलिउडका कलाकार, निर्देशक, निर्माताले चलचित्रको प्रतिकृया दिइरहेका छन् । प्रतिकृयामा धेरैले बरुण धवन र आलिया भट्टको अभिनय को तारिफ गरेका छन् ।
आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा, आदित्य राय कपूर, माधुरी दीक्षित तथा संजय दत्तको मुख्य भूमिका रहेको चलचित्रलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् । अभिनेत्री नेहा धुपियाले चलचित्र हेरेपछी आफ्नो सामाजिक संजाल ट्विटरमा पोस्ट गर्दै भनिन्, क्लासिक मुभी कलंकको सम्पुर्ण पक्ष बलियो छ, माधुरी दीक्षितलाई अति सुन्दर देखाइएको छ, संजय तथा आदित्यलाई बलशाली देखाइएको छ, सोनाक्षीलाई पनि सुन्दर देखाइएको छ भने आलिया-वरुण आफ्नो आँखाबाट हटेनन् । '

 

सेलिब्रेटी भन्छन् 'कलंक' हेर्दा आलिया-वरुणबाट आँखा हटेन

लेखक तथा निर्देशक शशांक खेतानले पनि ट्विट गर्दै भने,- आलिया-वरुणले आफ्नो भूमिका सार्है सुन्दर तरिकाले निभाएका छन् उनिहरुका आँखा प्रेम र पिडाले भरिएको छ ।' 
चलचित्रको कथाले भारत स्वतन्त्र हुनु केहि पहिलेको मुस्लिम परिवारको संघर्ष बोकेको छ ।