चैत २९ देखी प्रदर्शन भइरहेको चलचित्र 'यात्रा'को 'फ्लाईङ फ्लाईङ' शिर्षकको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रकी डेब्यु नायिका मलिका महतले सलीन मान बनियाँसँग रोमान्स गरेकी छिन् । सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ । पोखरामा छायाङ्कन गरिएको गीतमा कोरियोग्राफी प्रविन सिंहको रहेको छ । 
 

आए सलीन र मलिका 'फ्लाईङ फ्लाईङ' भन्दै

निर्देशक सम्राट शाक्यका अनुसार चलचित्रको रिलिज पछी प्लानिङ अनुसार नै गीत रिलिज गरिएको हो । चलचित्रले सकारात्मक प्रतिकृया पाएकोमा आफुहरु उत्साहित भएको उनको भनाई छ । एक भ्लगरको कथा बोकेको चलचित्रमा सलिन मलिकासँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल लगायत कलाकारको अभिनयाँ रहेको छ । यात्रा देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ ।