रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत 'तिमी सँधै' सार्वजनिक भएको छ । गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कंडेलको संगीत संयोजन रहेको गीतको भिडियोमा महेश खड्का र बिपना थापालाई फिचर्ड गरिएको छ । राज खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्रेममा एक अर्कालाई मुटु समर्पण गरेका जोडिले व्यक्त गरेको भावालाई दृश्यात्मक रुप दिइएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो जिटुजी मिडियाको अफिसियल युट्युब मार्फत मङ्गलबार सार्बजनिक गरिएको हो ।