गायक निर्मल पनेरुको गीत 'म जन्मिदा' सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सहित सार्वजनिक गरिएको हो ।संगीतकार हरि लम्सालको सङ्गीत रहेको गीतलाई  शीतल कादम्बिनीले रचना गरेकी हुन् । सार्वजनिक भिडियोमा रङ्गकर्मी मिलन कार्की फिचर्ड छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् । यसैगरी  विकास धमलाले सम्पादन गरेका हुन्।  गीतले मान्छेको जन्म, भाग्य र जिवनका भोगाइलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । मान्छेको जिवन भावीले लेखिदिएको अनुसार चल्नै पर्ने बाध्यताको पराकाष्टा हो भन्ने तितो यथार्थ गीतले बोकेको छ ।