जनकपुर मिडिया हाउस प्रा.लिको ब्यानरबाट निर्माण हुन लागेको चलचित्र ‘माया बस्छ कि के हो..’को अफिसियल निर्माण घोषणा भएको छ । आइतबार पुतलिसडकस्थित कफि एभिन्युमा चलचित्रको औपचारिक घोषणा गरिएको थियो । शरद अधिकारीको प्रस्तुती रहने चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । यो चलचित्रबाट सोनाल तामांग र कस्मता निरौलाले डेव्यु गर्दैछन् । चलचित्रमा यी दुई कलाकारबाहेक बेलायतमा बस्दै आएका ध्रुव दत्त, बेल्जियमका बेनी ढुंगानाको पनि अभिनय रहनेछ ।चलचित्रमा कार्यकारी निर्माताको रुपमा बहादुर सिंह तामांग (लामा) र कृष्ण गिरी रहेका छन् ।चलचित्रको अधिकांस छायाँकन युरोप, लण्डन र स्कटल्यान्ड हुने प्रेसमिटमा जानकारी गराइयो । रबिन्द्र बरालको छायाँकन रहन चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । आरती अधिकारीको कगा रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा एवं संवाद छ ।