संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा सलमान खान र नायिका आलिया भट्टले एकसाथ काम गर्दै छन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् । यसै कुरालाई लिएर चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उमेर अन्तर नमिल्ने र उनीहरुको जोडी नसुहाउने धेरैको टिप्पणी थियो । तर निर्माण युनिटले चलचित्रको कथाबस्तु नै यही उमेर अनुसारको भएको कारण उनीहरुलाई चलचित्रमा लिएको बताएको थियो ।

यसैबिच सलमानले आफूसँग आलियाको जोडी नसुहाउने भन्दै उनलाई तौल बढाउन भनेको खबर बाहिर आएको छ । सलमानले निर्देशक भन्सालीसँग आलियालाई तौल बढाउन भन्न सुझाएका थिए । सलमानले भनेका थिए, ‘मेरो छेउमा आलिया निकै दुब्लो देखिन्छिन् । मैले तौल घटाउन सक्दिनँ होला । त्यसैले आलियालाई तौल बढाउन भनिदिनुहोस् ।’ यस कुरालाई मान्दै आलिया तौल बढाउन तयार भएकी छिन् ।