गत बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘जात्रा’ युकेको बिभिन्न सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । युकेमा चलचित्रलाई 'थर्टीटु बक्स'ले 'जी-नाइन इन्टरटेनमेन्ट'को सहयोगमा प्रर्दशन गर्न लागेको हो । नेपालमा निकै राम्रो प्रतिक्रिया बटुलेको हुनाले पनि युकेमा रहेका नेपालीहरु चलचित्र हेर्न निकै उत्सुक रहेको 'थर्टीटु बक्स'का निर्देशक अभि कोइरालाले बताए । चलचित्र युकेको स्यान्डहर्स्ट, योर्क, अल्डर्शट,आश्फोर्ड ,एडिन्बोरो ,फेल्थाम, स्विन्डन लगायतका बिभिन्न ठाउँका १८ वटा सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

बिपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रियंका झा, प्रेक्षा बज्राचार्य, कमलमणि नेपाल आदिको मुख्य भूमिका रहेको जात्राको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । चलचित्र जात्राले नेपालमा ५१ दिन मनाउन सफल भएको थियो भने नेपाल बाहिरका अन्य ठाउँबाट पनि चलचित्रले निकै उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो । युकेमा भने चलचित्र जुन ३० तारिकका दिनबाट प्रर्दशन हुनेछ ।