अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको विवाह आज सम्पन्न हुँदैछ । सीमित व्यक्तिको उपस्थितिमा आव दुवैले विवाह गरेका हुन् ।

९ वर्ष देखि एक अर्कालाई चिन्दै आइरहेका निशा र शरद लगभग ५ वर्ष सम्म प्रेममा थिए । लामो समय सम्म प्रेममा रहेका यी दुईले बिचमा आफूहरू छुट्टिएको समेत घोषणा गरे । तर केही दिन अघि मात्र चितवन पुगेका शरद र निशाले बिहे गर्न लागेको समाचार सार्वजनिक थियो ।

बुझिए अनुसार यी दुईको विवाह ६ महिना अघि नै तय भइसकेको थियो । दुवैलाई सिनेपाटीको तर्फबाट वैवाहिक जीवनको शुभकामना ।