बुधवार अनमोल केसी अभिनित फिल्म ‘कृ’को पहिलो पोस्टर सार्वजनिक भयो । पोस्टरमा अनमोलको फरक लुक्सलाई धेरैले रुचाए । प्राय चकलेटी युवकको भूमिका देखा पर्ने अनमोलको उक्त पोस्टरमा फरक देखाइएको छ । साथसाथै भिन्न पोस्टरको कारण पनि ‘कृ’को पोस्टरलाई धेरेले रुचाए ।

यो वर्षको प्रतिक्षित फिल्म रहेको ‘कृ’को उक्त पोस्टर भने सन् २००८ मा रिलिज भएको हलिउड फिल्म ‘मिडनाइट मुभी’को पोस्टर जस्तै रहेको छ ।

नेपाली फिल्महरुमा पोस्टर कपि गरिएको यो पहिलो पल्ट भने होइन । अनमोल अभिनित फिल्म ‘जेरी’मा पनि हलिउड फिल्मको पोस्टर राखिएको भन्ने विवाद थियो । यस्तै विभिन्न चर्चित किताब तगायत पछिल्लो समय प्रदर्शन भएको फ्रिल्महरुको पोस्टर धेरै नै कपि भएका छन् ।  अनमोल अभिनित फिल्महरुको पोस्टर उस्तै रहेको यो दोस्रो पल्ट हो । हलिउड फिल्मका पोस्टरसँग मिल्दोजुल्दो हुनु संयोग हो की प्रभावित हो त्यो भने निर्माण पक्षले नै जानुन् ।