यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जग्गा जासुस’की अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छिन् । सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा रहेको एउटा फ्लाटमा उनको शरीर मृत अवस्थामा भेटिएको थियो। ३० वर्षीय विदिशा नायिकाको साथै गायिका पनि हुन् । उनले थुप्रै भारतिय टिभि सिरियलहरुमा काम गरिसकेकी छिन् । उनी केही समयअगाडि मात्र मुम्बईबाट गुरुग्राम बस्न आएकी थिइन्।

प्रहरीको अनुसार उनको मृत शरीर कोठाको पंखामा झुन्डिएको आवस्थामा भेटिएको थियो। । प्रहरी घटनास्थल पुग्दा मुख्य ठोका भित्रबाट बन्द थियो। प्रहरी ठोका फोडेर भित्र छिरेका थिए, जहाँ एउटा कोठामा उनी पंखामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन्।  परिवारको अनुसार विदिशाले प्रेम विवाह गरेकी थिइन् । तर, श्रीमानसँग उनको सम्बन्ध त्यति राम्रो थिएन्। श्रीमानले प्रायः सधै उनलाई कुटिरहने बताएका छन्।