नायिका केकी अधिकारी र नायक नाजिर हुसेन पहिलो पल्ट एक साथ चलचित्र ‘राज्जारानी’मा गर्दै छन् । चलचित्रको छायाँकन केही समय अघि सम्पन्न भइसकेको छ । बुधबार मात्र केकी र नाजिरले आफ्नो भागको डबिङ सकाएका छन् । पहिलो चोटी नाजिरसँग काम गर्दाको अनुभव सुनाउदै केकी भन्छिन् ‘मैले सोचेको पनि थिइन् नाजिर यति मिजासिलो छ भनेर । तर उसँग काम गर्दा निकै सहज भयो । ’ यता नाजिर भन्छन् ‘पहिले देखि केकीको चलचित्रहरु हेरेको थिए । तर पहिलो पल्ट उहाँसँग काम गर्न पाउछु खुसी छु । एक अर्कालाई बुझ्ने मौका पायौँ । ’ चलचित्रको छायाँकन दिन एकदम मिस गर्ने गरेको नाजिर र केकी आफुहरु एकअर्कालाई निकै माया गर्ने गरेको बताएका छन् । 
 

उनै केकी र नाजिरसँग गरिएको कुराकानी :