१६ करोड बढिको व्यापार गर्न सफल चलचित्र ’छक्का पञ्जा’की निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाकी बहिनी रनुले भिनाजु पाएकी छिन् ।’बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ । भिनाजु बनेका छन् नायक सञ्जोग कोईराला । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।
प्रशान्त पौडेकको लय तथा शब्दमा रहेको गीतलाई शोभा थापाले गाएकी छन् ।दीपाश्रीलाई बेहुली र सञ्जोगलाई बेहुला बनाईएको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । छायाँकार बासु बराल हुन् भने सम्पादक मिलन बिक हुन् । गीतको अडियो भिडियोलाई बिशेस फिल्मसले ब्याबस्थापन गरेको छ ।