नायक रमेश उप्रेती र नव नायिका दिपिका प्रसाई अभिनित चलचित्र 'ऐश्वर्य'को पहिलो गीत सार्बजनिक गरिएको छ । शुक्रबार सुन्धारा स्थित सि.डी.सी हलमा गरिएको एक कार्यक्रमका बीच चलचित्रको पोस्टर र 'तिमी रोएको पल' बोलको गीत सार्बजनिक गरिएको हो ।

सार्बजनिक गीतमा सुगम पोख्रेल र अन्जु पन्तको आवाज रहेको छ भने शब्द/ संगीत अर्जुन पोख्रेलको रहेको छ । गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् भने सिनेमेट्रोग्राफीको पाटो सुदिप बरालले सम्हालेका छन् । दिवाकर भट्टराई निर्देशित चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने निर्मल शर्मा सह-निर्माताका रुपमा रहेका छन् । चलचित्र कार्तिक २ गते लक्ष्मी पूजाको दिनबाट प्रर्दशनमा आउनेछ ।