एकसमयकी चर्चित बलिउड नायिका हुन् मनिषा कोइराला । नेपालमा सन् १९७० मा जन्मिएकी मनिषाको आज ४७ वर्षमा पुगेकी छिन् । बलिउडमा उनले चलचित्र ‘सौदागर’बाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भए पछि उनको चर्चा बलिउडमा हुन थाल्यो । मनिषाले ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ लगायतका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रमा काम गर्दा गर्दै केही समय पछि उनलाई क्यान्सर भएको खुलासा भएको थियो । क्यान्सर जस्तो रोगलाई निको पारेर मनिषाले यही वर्ष ‘डियर माया’ नामक चलचित्रमा काम गरेकी थिइन् । कमब्याक चलचित्रको रूपमा हेरिएको डियर मायामा मनिषाको कामले प्रशंसा पाएको थियो । तर राम्रो समीक्षा पाएको ‘डियर माया’ले ब्यपार भने राम्रो गर्ने सकेन् ।
भारतीय मिडिया अनुसार कयौँ सुपरहिट चलचित्रमा काम गरेकी मनिषाको करियर ड्रग्स सेवनले बिग्रिएको बताइएको छ । पहिलो चलचित्रबाट नाम र दाम कमाएकी मनिषाले आफ्नो स्टारडमलाई पछिल्लो चलचित्रमा देखाउन नसके पछि उनी तनावमा थिइन् । तनावको कारण नै ड्र्रग्स सुरु गरेको भारतीय मिडियाले लेखेको छ । ड्रग्सको कारण चलचित्र कम पाउन थाले पछि उनको स्वास्थ्य पनि बिग्रिएको जनाइएको छ ।
करियर डाउन भएसँगै उनले केही समय अघि नेपालका एक व्यवसायीसँग लगन गाँठो कसेकी थिइन् । तर उक्त विवाह दुई वर्ष सम्ममात्र रह्यो । डिभोर्स भएसँगै उनले बढी मात्रामा मध्यपान र ड्रग्सको सेवन गरेको बलिउड भास्करले लेखेको छ । यसै कारण पनि उनलाई केही राम्रो प्रोजेक्टबाट निकालि दिएको जनाएको छ । सन् २०१२मा डिभोर्स दिएकी मनिषालाई सोही वर्ष क्यान्सर भएको थाहा भएको थियो । क्यान्सर उपाचारको लागी उनले चार वर्ष लगाएकी थिइन् । मनिषा कोइराला नेपालका पूर्व प्रधानमन्त्री रहेका स्व बिश्वेश्वर प्रसाद कोइरालाकी नातिनि हुन् ।