पाश्र्व गायनमा कब्जा जमाइरेकी गायिका मिलन अमात्यको श्रीमानसँग डिर्भोस भएको छ । श्रीमान मेन्सन अमात्यसँग उनको काठमाडौँ जिल्ला अदालतमा डिर्भोस भएको हो । गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले मिडियालाई जानकारी दिएका छन् । उनले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । करिव ६ बर्ष अगाडी दुई विवाह बन्धनमा बाधिएका थिए । साँगीतिक जीवनमा असहयोग रहेको भन्ने गुनासो श्रीमानसँग मिलनको रहेको भन्ने बुझिएको छ । उनीहरुका निकट श्रोतले बताएअनुसार मिलन केही वर्षदेखि गायक दीपक लिम्बुसँग प्रेममा छिन्। मिलनले पछिल्लो एल्बम ‘मिलन संजोग’ निकालेकी थिइन् ।पारिवारिक स्रोतका अनुसार दीपक लिम्बुको नागरिकताको नाम पनि संजोग हो । श्रीमानसँगको सम्बन्ध बिच्देछ बारे बुझ्न खोज्दा मिलन मिडियाको सम्पर्कमा आएकी छैनन् । गाला रातौ, स्लोली स्लोली जस्ता चर्चित गीतहरुमा मिलनले स्वर दिएकी छन् ।