रामबाबु गुरुङको कथा र निर्देशन रहेको चलचित्रलाई सिनेमा आर्टस् र टेकेन खड्का फिल्म प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रमा दयाहाङसँगै दीया पुन, बुद्धि तामाङ, वर्षा राउत, विजय बराल, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।