अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन भएको छ । चलचित्र, कला-साहित्य लगायत बिधाम्को उत्थानको लागी बिगत एक दशक यता काम गरिरहेको मञ्चले अमेरिका र नेपाल दुबै ठाउँमा बस्ने अघिल्लो र पछिल्लो दुबै पुस्ताका कलाकारहरु समेटिएका छन् ।  अमेरिकामा दर्ता भएर आजको दिनसम्ममा बिभिन्न देशमा साखा स्थापना गरेको यस मञ्चको नयाँ समितिमा संस्थागत विकासमा सुरुवातदेखि नै योगदान पुर्‍याउँदै आएका लोक तथा दोहोरी गायक, साहित्यकार एवं पत्रकार रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन भएका छन् ।यसैगरी उपाध्यक्षमा शिवहरी पौडेल, गणेश उप्रेती, जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द छनिएका छन् ।  महासचिवमा फिल्म निर्देशक तथा पत्रकार सुरेश दर्पण पोखरेल, सचिवमा गीतकार एवं साहित्यकार प्रकाश नेपाल, कोषाध्यक्षमा  भूपनारायण घर्ति मगर एव्ं केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर तथा सल्लाहकारमा विभिन्न विशिष्ट व्यक्तिलाई समेटिएको छ । 
 

'आइएफ'को पुनर्गठन, अघिल्लो पुस्तादेखी अहिलेसम्मका कला पारखी समितिमा

केन्द्रीय समितिको पुनर्गठनसँगै केन्द्रीय अध्यक्ष एवं संस्थापक खनालको उपस्थितिमा दुई महिनाभित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको महासचिव पोखरेलले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्चका काम कार्वाहीलाई प्रभावकारी बनाउन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहने गरि विशेष अधिकार प्राप्त केन्द्रीय सचिवालय समेत बनाइएको छ । एक वर्षभित्र अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्चको आयोजनामा अमेरिका स्तरिय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आवश्यक संशोधनसहित पूर्णता दिने, दुई वर्षभित्र अन्तर्राष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय कलाकार सम्मेलन गर्ने' योजना रहेको समितिले जानकारी दिइएको छ ।