'घामड शेरे'को दोस्रो ट्रेलर रिलिज, खोलालाई मुद्दा हाल्दै निश्चल(भिडियो)

प्रदर्शनको सँघारमा आएर प्रदर्शन मिति दुई हप्ता पर सारेको चलचित्र 'घामड शेरे'को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित चलचित्रको शीर्ष भूमिकामा निश्चल छन् । चलचित्रमा स्वस्तिमा खड्काले ‘घामड शेरे’को सालीको भूमिका निर्वाह गरेकी छन् । भने, सुष्मा निरौला पत्नीको भूमिकामा छिन् । प्रदर्शनको पूर्व सन्ध्यामा आइपुग्दा चलचित्रले दर्शकमा चलचित्र प्रति उत्सुकता र उत्साह थप्नको लागी नयाँ ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक कमेडी युक्त ट्रेलरमा विदेश मा दुख गरेर  कमाएको पैसाले किनेको जग्गा खोलाले बगाउँदा आइपरेका मोडहरू देखाइएको छ । साथै मुख्य अभिनेता निश्चललाई फरक र कमेडी स्वरूपमा देखाएको छ । चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्देशक बिसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।