Swastima र Nischal को जोडीबारे यसो भन्छन् दिपा र केकी, Comedy championका प्रतिस्पर्धीले हसाउनु हसाए

Other News - 

'घामड शेरे' गीत रिलिज: स्वस्तिमा प्रति निश्चलको प्रेम

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'घामड शेरे'को नयाँ गीत रिलिज भएको छ । 'सादा सादा' बोल रहेको गीतलाई प्रशान्त सुबेदीले गाएका हुन् भने शब्द बुद्धि सागरको रहेको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।  हेमराज बिसी निर्देशित चलचित्रको सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई स्थान दिइएको छ । गीतले साली र भेनाको भूमिकामा रहेका यी दुईको सम्बन्धलाई देखाएको छ र चलचित्र प्रति थप कौतूहल सृजना गरिदिएको छ । चलचित्रमा निश्चलको पत्नीको सुष्मा निरौला रहेकी छिन् । बिहीबार गरिएको चलचित्रको प्रिमियरबाट राम्रो प्रतिक्रिया मिलेको थियो भने दर्शकले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइरहेका छन् । विदेशमा दुख गरेर कमाएको पैसाले किनेको जग्गा खोलाले बगाउँदा शेरेको जीवनमा आइपरेका मोडहरू देखाइएको छ । साथै मुख्य अभिनेता निश्चललाई फरक र कमेडी स्वरूपमा देखाएको छ । चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्देशक बिसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।