१३ बर्षपछि Raju lama बिरामी पर्दा मुस्ताङमा आपात | Voice of nepal मा सुटिङ गर्ने पर्यो गाह्रो

Other News - 

अनमोल र सुहानाको जोडी दोहोरिएला 'ए मेरो हजुर ४' मा ?

गत वर्षको अन्तिममा  प्रदर्शनमा आएको चलचित्र झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ३' सफल भएपछी दर्शकले यसै चलचित्र को चौथो भाग अर्थात 'ए मेरो हजुर ४' को माग गरिरहेका छन् । यसै चलचित्रबाट निर्देशक थापा तथा निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरिन् । डेब्यु चलचित्रले नै उनलाई निकै ठुलो सफलता दियो । चलचित्रमा युवा स्टार अनमोल केसी र सुहानाको जोडीलाई दर्शकले निकै रुचाए । ‘ए मेरो हजुर ३'को सफलता पछि निर्माता तथा निर्देशक झरना थापाले चलचित्र ‘भागवत गीता’ निर्माणको घोषणा गरेकी थिइन् । तर व्यावसायिक सफलता हात पारेको ‘ए मेरो हजुर ३'लाई नै निरन्तरता दिन वितरहरु तथा दर्शकले गरेको आग्रहलाई स्विकार्दै उनी ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागेकी छिन् । चलचित्रमा सुहानाको जोडीको रुपमा अनमोल नै यथावत रहने या नरहने भन्ने टुङ्गो नलागेको झरना बताउँछिन् । तर दर्शकले मनमा राखेको जोडीलाई नै निरन्तरता दिने आफ्नो चाहना भएको उनको भनाइ छ । आगामी वर्षको दसैँमा रिलिज हुने गरी ‘ए मेरो हजुर ४’को निर्माण प्रक्रिया सुरु गरेको निर्माता सुनिलकुमार थापाले बताएका छन् ।