गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा झनै बढेको छ । दोस्रो साताको शुक्रबार र शनिवार पहिलो साताको तुलनामा व्यापार पनि बढेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।
“यी दुई कलाकारको टकराब हाम्रो चलचित्रमा गज्जवले हेर्न पाइन्छ । यी कलाकारबीचको मतभेद र द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण हो,” निर्देशक अनिल बुढा मगर भन्छन्, “हामीले हेर्दा दयाहाङ र सौगात दुवै चलचित्रको हिरो हो,
स्टाइलिस अभिनेता सलिनमान बनियाँ नयाँ चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा छन्। तर, यसपटक चलचित्रमा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो दर्शकमाझ निकै बढेको छ।
गत बर्ष रिलिजमा आएको चलचित्र ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘हेराई’ राखिएको छ ।
नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको यस चलचित्रले डायस्पोरा रिलिज र दोस्रो साताको सफलतालाई लक्षित गर्दै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ।
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले चलचित्रको छायांकन सुरु गरेको हो ।
चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ ।
अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ ।
दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको चलचित्र ‘मितज्यु’ को ट्रेलरले युट्युबमा निकै राम्रो चर्चा कमाइरहेको छ।
चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् ।