यति बेला चलचित्र ‘भैरे’को छायाङ्कन अप्पर मुस्ताङको लोमाङथाङमा भइरहेको छ । चलचित्रलाई निर्देशक सूर्य बोहोरा एभ्रेष्टले निर्देशन गर्दै छन् ।

चलचित्रमा अभिनेता दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा दयाहाङको जोडी सुरक्षा पन्त छिन् । त्यस्तै चलचित्रमा वर्षा र बुद्धिको प्रेम देखिने निर्माण पक्षले बताएको छ ।

‘भैरे’को सुटिङबाट कलाकारद्धय बुद्धि तामाङ र वर्षा सिवाकोटीको केही रमाइलो तस्बिर बाहिरिएको छ ।