दर्जनौँ म्युजिक भिडियो हुदैँ चलचित्र ‘नाई न भन्नु ल ४’ बाट सिनेमा नगरीमा डेव्यु गरेकी नायिका हुन् वर्षा राउत । गत वर्ष वर्षाको लागी शुभ वर्ष रह्यो । उनी अभिनित तीन चलचित्रले लगातार हिटको स्वाद चाख्ने मौका पाए ।

‘छक्का पञ्जा’ र ‘जात्रा’ले अझ वर्षाको चर्चा चु्लिएको थियो । यो वर्ष उनी अभिनित दुई चलचित्र प्रदर्शनमा आइसकेको छ । ‘मेरो पैसा खोइ !’ र ‘छक्का पञ्जा २’ । वर्षाको मुख्य भूमिका रहेको मेरो पैसा खोईले पैसा कमाउन सकेन् भने छक्का पञ्जा २मा उनको पात्रले अपेक्षा गरे अनुसारको चर्चा पाउन सकेन ।

यति बेला राउतको आशा ‘मिस्टर झोले’मा छ । केही दिन अघि मिस्टर झोलेको ट्रेलर लन्च कार्यक्रममा वर्षा साडीमा सजिएर पुगेकी थिइन् । गुलाबी रङको सारीमा पुगेकी वर्षाको उक्त पहिरनले धेरैको ध्यान खिचेको थियो ।

बिहे भोजमा जानु पर्ने कारण सारी लगाएको बताउने वर्षालाई बिहे कहिले ? भनेर सोधिएको प्रश्नमा लजाउदैँ भन्छिन् ‘सबैले यही प्रश्न सोध्छन् । अब चाँडै बिचार गर्छु ।’ वर्षा करिब ६ वर्ष देखि नायम संजोक कोइरालाको प्रेममा छिन् ।