हालै युरोपको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्र ‘होलिडे’को केही रमाइलो तस्बिरहरू सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नगरीको चलचित्रको निर्माण पक्षले भने प्रचारप्रसारको सुरुवात गरेको हो ।
वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनी ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ ।
कमेडी ड्रामा रहेको चलचित्रको छायाङ्कन प्रान्स, बेल्जियम लगायतका विभिन्न देशमा गरिएको हो ।
बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मन्दिर श्रेष्ठ, तेजेन्द्र क“डेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज यसका कार्यकारी निर्माता हुन् ।
चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा युवराज चौलागाई र अमित श्रेष्ठको सङ्गीत छ ।