केही समय अगाडी स्वास्थ्यले साथ नदिएपछी चलचित्र ‘हेल्लो जिन्दगी’ छाडेकी श्वेता खड्का केही महिनाको पूर्ण आराम पछि यती बेला अस्ट्रेलियामा छिन् । उनी एक कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेकी हुन् । अटिजम प्रभावित बच्चाहरूका लागी विशेष स्कुल भवन निर्माणको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी भएकी छिन् । साथै उनले ‘ब्राइडल स्वरूप’ मा फोटो सुट गरेकी छिन् ।

 अस्ट्रेलियामा ‘ब्राइडल स्वरूप’ मा खुलेकी श्वेता  अस्ट्रेलियामा ‘ब्राइडल स्वरूप’ मा खुलेकी श्वेता

वेडिंग ड्रिम्स अस्ट्रेलियाका लागि अङ्कित केसीले श्वेताको तस्बिर खिचेका हुन् । उक्त अवतारमा निकै सुन्दर र खुलेको श्वेताको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  दुलहीको पहिरनमा खुलेकी श्वेता को जीवन भने त्यति सहज हुन सकेन । विवाहको केही समयमा नै श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनको जीवनले सोचेजस्तो र एउटी नारीले पाउनु पर्ने खुसीबाट वञ्चित हुन पुगिन तर उनको साहस र आफ्ना प्रेमी पति को सपना पुरा गर्ने अठोटले आज उदाहरणीय व्यक्तिको रूपमा बाँचिरहेकी छिन् ।