यो हप्ता नेपाली राजातपटमा सम्झन योग्य केहि घटना भएका छन् । तीनलाई समग्रमा यसरी तस्बिरमा समिक्षा गर्न सकिन्छ ।
असार ८ गते आइतबार चलचित्र 'दाल भात तरकारी'ले प्रदर्शनको ५१ दिन मनायो । राजधानीको गोपीकृष्ण हल, गुण सिनेमा र अष्टनारायण गरी ३ हलमा शनिवार ५१ दिन पुरा गरेको थियो । यसैबिच सफलताको खुसी साट्दै चलचित्रका सम्पूर्ण कलाकार र आबद्ध रहेका प्राविधिकलाई सम्मान स्वरूप प्रमाणपत्र वितरण गर्यो । साथै चलचित्रकी नायिका आँचल शर्मालाई बोनस स्वरूप आइपोन उपहार दिइएको थियो । कार्यक्रममा 'दाल भात तरकारी'का सम्पूर्ण कलाकार सहित, प्राविधिकको साथै सिने नगरीका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिविहीन बालबालिकाहरूलाई सिपमूलक तालीम र वासस्थान निर्माणका लागि रकम जुटाउन अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुने भएको छ । महानायक राजेश हमालको नेतृत्वमा हुन लागेको उक्त कार्यक्रममा पछिल्लो समय नेपालमा मात्र नभएर भारतमा समेत चर्चाको शिखरमा पुगेकी गायिका मेनुका पौडेल, युवा पुस्तामाझ खुब रुचाइएकी पप गायिका एन्जिला रेग्मी र कलाकार शैलेन्द्र सिम्खडा सहभागी हुँदै छन् । गत बुधवार यसै विषयमा जानकारी दिन राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'जाइरा'को गीत ‘आँखैले बोल्छ’ सार्वजनिक कार्यक्रममा लाइभ नृत्य प्रस्तुत गरेका नम्रता श्रेष्ठ र अनुपविक्रम शाही बिहीबार ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा यो जोडीको प्रेमालाप देख्न सकिन्छ ।
बिहीबार आयोजना गरिएको चलचित्र ‘आप्पा’को प्रिमियर शोमा चलचित्र हेर्न नाम चलेका कलाकार देखी पत्रकार र ‘आप्पा’ टिम उपस्थित थिए । चलचित्र हेरेपछी अधिकांशले आप्पालाई उत्कृष्ट भनेका थिए ।
२०७५ सालको एसइइ परीक्षामा सहभागी बनेकी नेपाली चलचित्र जगतकी सदाबहार नायिका करिश्मा मानन्धर ३ जीपीए सहित उतिर्ण भएकी छिन् । उनले पाएको सफलता पछि आयोजना भएको कार्यक्रममा उनले उच्च शिक्षाको लागी आफू तयार भएको बताएकी छिन् ।