पहिलो पल्ट स्किृनमा सँगै देखिएका अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । पुर्णेन्दु झाको निर्देशन रहेको चलचित्र संरक्षणको ट्रेलर शुक्रवार युट्युब मार्फत सार्वजानिक गरिएको हो । ट्रेलरमा अभिनेताद्वय निखिल र सौगातलाई पुलिसको भूमिकामा देखाइएको छ ।

 

मदेश आन्दोलनको कथामा आधारित चलचित्रलाई नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहले निर्माण गरेका हुन । चलचित्रमा रमेश रन्जन र निर्देशक  झाको लेखन रहेको छ । साउन २७ मा प्रदर्शन हुने चलचित्रमा निखिल र सौगातको साथमा प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, मलिना जोशी, कामेश्वर कुमार, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ ।