चलचित्र संघले चौथो संस्करणको अवार्ड अेमरिकाको डलासमा आयोजना गर्ने भएको छ । तीन संस्करणसम्म मोसन पिक्चर अवार्डको नयाँ नामाकरण गरी ‘नेम्पा फिल्म अवार्ड’ राखेको छ । जुन अवार्ड यही सेम्टेम्वर २ तारिखमा डिएबिएस इन्टरटेनमेन्ट डलास अमेरिकासँगको सहकार्यमा अमेरिकाको डलासमा आयोजना हुने छ ।
उत्कृष्ट चलचित्र सहित नृत्य निर्देशकसम्म गरी विभिन्न १८ विधामा वितरण गरिने नेम्पा फिल्म अवार्डमा ४४ वटा फिल्महरुले सहभागिता जनाउँदैछन् । चलचित्र संघले सार्वजनिक गरेको सूचनाको तपसिलको आधारमा संघमा दर्ता हुन आएका फिल्महरु मात्रै अवार्डमा सहभागी गराइएको अध्यक्ष उदयले जानकारी दिए । सहभागी फिल्महरुलाई तीन सदस्यीय जुरीले यही असार ११ गतेदेखि मूल्याङ्कन गर्न सुरु गर्नेछन् । उत्कृष्ट तीन मनोनयन भने सम्भवतः साउनको पहिलो साता सार्वजनिक गरिनेछ ।