यतिबेला समाजिक सञ्जालमा एउटै बिषय चर्चित छ , त्यो हो गार्खा ल्याण्ड । भारतमा भइरहेको गार्खा ल्याण्डको आन्दोलनमा नेपाली भाषीहरुबीच आरोप प्रत्यारोप शुरु भएपछि हाँस्यकलाकार मनोज गजुरेलले मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा आरोप प्रत्यारोप नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक संजाललाई कलहको विउ रोप्ने व्याड नबनाउन आग्रह गरेका छन् ।

‘सामाजिक सञ्जाललाई सामाजिक सम्वादको फुलबारी बनाऔं कलहको बिउ उमार्ने ब्याड हैन !,’ उनले भनेका छन् ‘गालीमा धेरै कमेन्ट आउँछ, आक्रोसले लाईक बढाउँछ, घृणाको शेयरिङ् ज्यादा हुन्छ, अराजकता एक्टिभ बन्छ, कन्ट्रेभर्सी बिक्छ भन्दैमा सबैले त्यसै गर्नु पर्छ र रु भवतु सब्बल मंगलम्अ र्थात् सबैको मंगल होओस् !’
त्यस्तै कलाकार दिपकराज गिरीले पनि नेपाली बोल्दैमा दार्जिलिङका नेपालीभाषी नेपाली नरहेको भन्दै स्टाटस पोष्ट गरेका छन् । उनले लेखेका छन् ‘भाषा मिल्यो भनेर दार्जिलिङ लाई हाम्रो भन्नु र नाम मिल्यो भनेर इटलिको नेपोली लाई आफ्नो ठान्नु उस्तै हो ..! ’ उनले लेखेको छन् ‘बिरगंजका मान्छेले जे भाषामा बोलेपनि नेपाली हुन्, दार्जिलिङका मान्छेले नेपाली नै बोलेपनि भारतीय हुन्, हाम्रो छिमेकी मात्रै...मोदीले आएर हाम्रो संसदमा नेपाली बोलेका थिए के उनी नेपाली भए र ? ’
