नेपालमा व्यापारिक हिसाबले सफल नमानिएको वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘वीर विक्रम २’ को लण्डनमा विशेष सो सम्पन्न भएको छ । पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्रको तर्फबाट वर्षा र निर्माता तथा निर्देशक मिलन चाम्स लण्डन सोमा सहभागी भएका थिए ।
मित्रता र प्रेमको कथा बोल्ने चलचित्र वीर विक्रम २ को यति बेला विभिन्न देशाहरुमा सो भइरहेको छ । हिजो सम्पन्न सोमा नायिका जसिता गुरुङ पनि 'वीर विक्रम २' को पाहुना बनेर पुगेकी थिइन् ।