पूर्णरूपमा अमेरिकामा नै तयार पारिएको नेपाली फिल्म ’सफर’ अब युट्युबमा हेर्ने सक्नु हुनेछ । विना योजना यात्रामा निस्केका तीन युवाको कथालाई समेटिएर बनाइएको चलचित्र ‘सफर’ गत बर्ष असोज १४ मा प्रदर्शन भएको थियो ।

चलचित्रलाई आशिष श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल लगायत अमेरिकाको बिभिन्न सहरहरुमा प्रदर्शन गरिएको ‘सफर’ले दर्शकको राम्रो साथ पाएको थियो । 
'युभा फिल्मस'को व्यानरमा निर्माण भएको चलचित्रमा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठको मुख्य भुमिका रहेको छ ।  केशब खड्काले निर्माण गरेको चलचित्रमा खड्काको नै लेखन रहेको छ ।