चलचित्र ‘सायद २’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला, सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ ।
दुर्गिश फिल्मस्को व्यानरमा बनेको चलचित्रलाई सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछानेले संयुक्त रुपमा निर्माण गरेका छन् । युवा पुस्ताको प्रेम र मित्रतालाई देखाउन खोजेको चलचित्र असार ३० बाट प्रदर्शन हुदैँ छ ।