काठमाडौं– भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ’भुईंमान्छे’को ट्रेलर सार्वजनिक भयो । पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित चलचित्र ‘भुईमान्छे’मा सिपोरालाई आफ्नो जीवन आफ्नै ढङगले बाच्ने केटीको भुमिकामा देखाईको छ ।

 
दैनिक लाश चिर्ने काम गर्ने मान्छेको जीवन कस्तो हुन्छ? उसको मनोविज्ञान चलचित्रको मुख्य विषय हो। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । शैली इन्टरटेनमेन्ट र शैली थिएटरको प्रस्तुतीलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।चलचित्रमा निर्देशक आफ्नै कथा, पटकथा र संवाद रहेको छ । भदौ २ गते प्रदर्शन हुने ‘भुइँमान्छे’मा सिपोरा गुरुङसँगै रमेश बुढाथोकी, सहिन प्रजापाती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल आदीको मुख्य अभिनय रहेको छ ।