नेपाली चलचित्र ‘शेरबहादुर’को शुभमुहर्त गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच चलचित्रको शुभमुर्हत गरिएको हो । ‘शेरबहादुर’मा नेपाली र भारतीय चलचित्रमा सक्रिय सुनिल थापा मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। उनको साथमा मेनुका प्रधान र कर्मा शाक्यको मुख्य भूमिका रहने छ ।

आर राजवंशीको निर्देशनमा बन्न लागेको शेरबहादुरको कथा ४ महिना अगाडी बाट सुनेको उनले कलाकार थापाले बताए । उनले कार्यक्रममा बोल्दै चलचित्र प्रधानमन्त्रीको जीवनमा आधारित नरहेको बताएका छन् ।‘मलाई धेरैले साध्नु भएको थियो। प्रधानमन्त्रीको जीवनमा आधारित हो भनेर ? तर यो सामान्य कथा हो । शेर..बहादुरको कथा हो , र मलाई थाहा छ चलचित्रको पात्रले मेरो ‘राते काईला’ नामको चरित्रलाई विर्साईदिने छ।’ उनले बताए ।

गौरीशंकर धुजु र धिरज राजवंशीको लगानी रहेको छ शेरबहादुरको छायाङ्कन आज (मङ्गलवार)बाट सुरु हुने छ ।   चलचित्रमा सुनिल, मेनुका र कर्माको साथमा रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारको अभिनय रहेको छ।