गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो । यो वर्षका प्रतीक्षित चलचित्रको ट्रेलर गीत रिलिजका साथमा नयाँ चलचित्रको घोषणा भए । यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा केके भए यो हप्ता नेपाली रजतपटमा ।
चलचित्र 'षडकोण' निर्माण हुने भएको छ । मिलन डी काप्रीको निर्देशनमा बन्ने चलचित्र मनोवैज्ञानिक रहस्य विधामा आधारित हुने आइतबार एक कार्यक्रमबिच जानकारी दिइयो । चलचित्रमा शिशिर वनेमको कथा पटकथा रहनेछ । चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायत कलाकारको भूमिका रहनेछ भने मुख्य नायिकाको खोजी भइरहेको निर्देशक काप्रीले बताए ।
नेपाली र जतपटमा पछिल्लो समय तीन चलचित्रलाई निकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ । ती हुन् नम्रता श्रेष्ठ स्टारर 'जाइरा' , श्वासतिमा खड्का र आर्यन सिग्देल स्टारर 'हजार जु नि सम्म' र द याहाङ राई स्टारर 'कबड्डी कबड्डी कबड्डी' । यी तीन चलचित्रका मुख्य कलाकार चलचित्रको प्रमोसन का क्रममा एक साथ भेटिएका हुन् । उसो त तीन नै एक दम मिल्ने साथी पनि हुन् ।
आगामी शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’ टिम यति बेला प्रचारप्रसारको दौरानमा छ । यसैबिच चलचित्रका दुई मुख्य कलाकार सलोन बस्नेत र अखिलेस प्रधान चलचित्रको प्रचारप्रसारको क्रममा । विकास राज आचार्यले निर्देशन गरेको चलचित्रको सार्वजनिक गीतसङ्गीत र ट्रेलरले दर्शकको मन जितिरहेको छ ।
यस वर्षको गाईजात्रा नकिँदै छ । गाईजात्रा नेपाली कला क्षेत्रको लागी एक उत्सव नै मानिन्छ । हास्य व्यङ्ग्य मार्फत समाजका बेथिति र समस्यामाथि कटाक्ष गर्न र आफ्नो कलाले समाजलाई प्रति निधि गर्ने अवसर हो गाईजात्रा । यसैको अवसरमा हुने कार्यक्रमको घोषणा भएको छ ।
श्वेता खड्का सफल अभिनेत्री मात्र नभएर एक कुशल व्यापारी पनि हुन् । उनी चलचित्र क्षेत्रमा जति सफल छिन् उति नै सफल व्यवसायमा पनि छिन् । दरबामार्गको राइजिङ्ग मलमा उनको हिमालयन जाभा कफी सप छ । उनले सोमबारदेखि बालुवाटारमा पनि जाभाकै शाखाको सुरुवात गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रका कलाकार लगायतको बाक्लो उपस्थितिमा सोमबार श्वेताको कफी सपको शुभारम्भ गरिएको थियो ।
नम्रता श्रेष्ठ स्टारर प्रतीक्षित चलचित्र 'जाइरा'को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय कलाकारलाई स्थान दिइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा नम्रता निकै बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा अभिनेत्री साम्राज्ञी र नव अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीत राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा साम्राज्ञी हरियो सारीमा उपस्थित थिइन् उनी यो आवरणमा निकै खुलेकी थिइन् । चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'साइनो'ले आयोजना गरेको विशेष सोमा उपस्थित अतिथि कलाकारले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको साइनो हेर्न विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्देशक दिपश्री निरौला, सरोज खनाल, प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नवल खड्का लगायत पुगेका थिए । साथमा मुख्य अतिथिका रूपमा उपस्थित नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल पनि उपस्थिति रहेको थियो । मन्त्री पोखरेलले ‘साइनो’ मन छुने मौलिक नेपाली कथामा निर्माण भएको बताएका छन् ।
नेपाली पत्रकारिताका एक परिचित हस्ती हुन् ॠषी धमला । उनै धमला पत्रकार मात्र नभएर सेलिब्रेटी समेत बनिसकेका छन् । यति बेला आफूलाई फिट र तन्दुरुस्त राख्नको लागी उनी जिम मा समय दिइरहेका छन् ।
पछिल्लो समयका चर्चित र डिमान्डेड नायक हुन् अनमोल केसी यसै गरी अभिनेत्री प्रियंका कार्की पनि उस्तै चर्चित र व्यस्त कलाकार हुन् । यी दुवै कलाकार प्रियंका र अनमोल क्रमशः कोकाकोला र स्प्राइटको ब्रान्ड एम्बेसडर बनेका छन् । कोकाकोला र स्प्राइटले नयाँ प्याक लन्च गर्दै अनमोल र प्रियंकाको हातबाट कोकाकोला र स्प्राइटको जिग्री प्याक लन्च गर्यो ।