कसले लगाइदियो पल र पूजाको हातमा ‘हथकडी’ ? यी दुईलाई हातमा हथकडी भने चलचित्र ‘म यस्तो गीत गाउछु’ले लगाइदिएको छ । असार ३० गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउछु’को केही पोस्टरहरु सार्वजनिक भएका छन् । चलचित्रको केही समय अघि नै गीतहरू र ट्रेलर सार्वजनिक भइसकेका छन् । दर्शकको राम्रो साथ पाइरहेको बेला निर्माण पक्ष यति बेला चलचित्रको प्रमोसनमा व्यस्त छन् ।

‘म यस्तो गीत गाउछु’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने नायिका पूजा शर्माले निर्माण गरेकी हुन् । चलचित्रको गीतहरू र ट्रेलरमा नायक नायिकाले हथकडी लगाएको दृश्य देखाइएको छैन । यसै विषयमा नायिका तथा निर्मात्री पूजाले चलचित्र भित्र आफूहरूले हथकडी लगाउने काम धेरै गरेको बताएकी छिन् । यस्तै निर्देशक सुदर्शन भन्छन्,

‘चलचित्रको कथा अगाडि बढ्दै जा“दा पल र पूजाको हातमा हथकडी लगाइएको दर्शकले देख्नुहुनेछ । यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो ।’

चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको छ । लभ स्टोरीमा आधारित ‘म यस्तो गीत गाउछु’का गीतहरुले राम्रो प्रतिक्रियाहरु पाइरहेको निर्माण पक्षले बताएको छ ।
