नेपाली चलचित्र ‘देश–परदेश’ शुभसाइत गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभसाइत गरिएको हो । राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘देश–परदेश’ करिब एक दशक अगाडी नै निर्माण भइसकेको चलचित्र हो । उक्त चलचित्रमा नायक धिरेन शाक्यको अभिनय रहेको थियो । उक्त समय राम्रो व्यपार गरेको ‘देश–परदेश’को नामलाई सापटी लिएर निर्देशक गिरीले पुन निर्माण गर्ने लागेका हुन ।
चलचित्रमा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा प्रेम सोनीको कथा, अर्जुन पोखरेलको सङ्गीत, रामेश्वर हुमागाँइको छायाङ्कन, रोशन श्रेष्ठको एक्सन रहनेछ ।
भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रको छायाङ्कन असार २२ गतेबाट सुरु हुनेछ ।निर्देशक राजु गिरीले यस अगाडि आफूले जे जस्ता चलचित्र बनाएपनि अब परिवर्तन भएको भन्दै ‘देश–परदेश’ विशुद्ध नेपाली परिवेशको चलचित्र हुने बताए ।